काठमाडौं, १२ पुस । सहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताएका छन् ।
आइतबार सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताएका हुन् । सहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रित काम गर्ने बताए ।
यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताए ।
सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रूपमा निर्वाचनमा केन्द्रित हुने मन्त्री साहको भनाइ छ ।
मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताएका छन ।
उनले कोरोना महामारी फैलिइरहेको अवस्थामा कोरोना महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने बताए ।















प्रतिक्रिया