
काठमाडौं, १२ पुस । एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ एकैदिन थप तीन वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले प्रदेश १ मा उदयपुरको रौतमाई गाउ“पालिका–६ स्थित चिसापानी, प्रदेश २ मा सप्तरीको तिरहुत गाउ“पालिका–४ स्थित डिमन र तिलाठी कोइलाडी गाउ“पालिका–८ स्थित टोपामा उक्त सेवा सञ्चालनमा ल्याएको हो । यो समेत बैंकको शाखारहित सेवाको संख्या ३३ पुगेको छ ।
हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दूरीसहित सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी र बैंकको केन्द्रीय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त सेवाको शुभारम्भ गरिएको बैंकका प्रदेश २ का प्रमुख राजेश तिम्सिनाले बताए ।
बैंकले आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम जारी राखेको छ । सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखा रहित सेवाले देशभरिका सर्वसाधारण साथै सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै र्बैकको उपस्थितिको आधारलाई मजबुत बनाउनेछ विश्वास गरिएको छ ।
एनएमबि बैंकले १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ४०० पोस मसिन र १०,००० भन्दा बढी क्यूआर कोड मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बताएको छ ।















प्रतिक्रिया