
काठमाडौं, १२ पुस । रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित भएका छन् ।
‘नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२०’ उनलाई सो सम्मान प्रदान गरिएको हो । शनिबार ठमेलस्थित भोजन भूमिमा आयोजित अवार्ड समारोहमा सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, राष्ट्रिय गानका लेखक ब्याकुल माइला, गीतकार तथा बरिष्ठ रंगपत्रकार शान्ति प्रियलगायतले गिरीलाई नगदसहित माला, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।
रंग पत्रकारितामार्फत लामो समयदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई सम्मान गरिएको बताइएको छ ।
कार्यक्रममा काभ्रेका पत्रकार नवराज बजगाईंलाई ‘युवा पत्रकारिता सम्मान २०२०’, बरिष्ठ गायक सिताराम पोखरेललाई गायनमा २५ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘रजत संगीत सम्मान २०२०’ र रंग पत्रकार डब्बु क्षत्रीलाई ‘कला सम्मान २०२०’ समेत प्रदान गरिएको छ ।
पावर इन्टरनेशनल मिडिया प्रालिले आयोजना गरेको कार्यक्रममा गीतसंगीत क्षेत्रका थुप्रै कलाकर्मीले समेत अवार्ड पाएका थिए ।















प्रतिक्रिया