
काठमाडौं । गोविन्द प्रसाद साह उत्पादक रहेको गायक प्रताप दासको स्वरमा रहेको ‘भट्टीवाली’ गीतको म्यूजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
डान्सिङ शैलीको यस गीतमा जगत तिरुवाको र्याप समेत समावेश छ । गीतमा शब्द परदेशमा बसेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका राम कृष्ण महराको रहेको छ । गीतलाई सिद्धान्त परियारले संगीतवद्द गरेका हुन् ।
गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।
म्यूजिक भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा चर्चित गायक तथा मोडल दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ ।
बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ । ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो ।
भिडियो–















प्रतिक्रिया