३ कार्तिक २०८३, मंगलबार

हृदयचन्द्र स्मृति सम्मान बराल र गोपालप्रसाद रिमाल पुरस्कार भट्टराईलाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । यस वर्षको हृदयचन्द्र स्मृति सम्मान वरिष्ठ समालोचक डा. ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।

शनिबार साहित्य सदनले राजधानीमा गरेको एक कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राध्यापक डा. राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान गरेका हुन् । हृदयचन्द्र स्मृति सम्मानको राशि २५ हजार तथा गोपालप्रसाद रिमाल पुरस्कारको राशी २० हजार रहेको छ ।

कार्यक्रममा आख्यानकार नारायण ढकालले पुरस्कृत स्रष्टाद्धयको साहित्यिक योगदानका बारे समिक्षा गरेका थिए । सोही अवसरमा अतिथिगणबाट साहित्यकार बसन्त रिजालको पहिलो कविता संग्रह ‘ब्युँझिएपछि’ को विमोचन पनि गरिएको थियो ।

साहित्यकार डा. विदुर चालिसेले विमोचित कृतिको समिक्षा गर्दै रिजालका कविता प्रगतिशील चेतले भरिपूर्ण रहेको टिप्पणी गरे । कार्यक्रममा साहित्य सदनका उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेल, साहित्यकारहरु सीता शर्मा, मित्रलाल पंज्ञानी लगायतले नेपाली साहित्यमा हृदयचन्द्र सिंह प्रधान र गोपालप्रसाद रिमालको विशिष्ट योगदानको चर्चा गरेका थिए ।

साथै स्रष्टाहरुले प्रधान र रिमालको स्मरणमा कविताहरु वाचन गरेका थिए ।