३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शनसहित द्वीप प्रज्वलन (फोटो फिचर)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ११ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज साँझ चितवनको कालिका नगरपालिकास्थित खोलेसिमल बजारमा प्रदर्शन गरिएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा संघ र अनेरास्ववियूको आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका हुन् ।

पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य भएको नेकपाका जिल्ला नेता कमलराज पाठकले बताए ।

प्रदर्शनमा सहभागी युवा विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी ओली जिन्दावाद, जनताको बहुदलीय जनबाद जिन्दावाद, आजलाई होइन भोलीलाई हाम्रो समर्थन संस्थापन पक्ष ओलीलाई लगाएतका नारा लगाएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल , कालिका नगरपालिका नेकपाका नेता केशव लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा उनीहरुले प्रधानमन्त्री केपी ओलीको समर्थनमा द्वीप प्रज्वलन समेत गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरू–