३ कार्तिक २०८३, मंगलबार

महिला पत्रकारका लागि लेखन शीप विकास तालिम शुरू

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 तनहुँ, ११ पुस । क्रियाशील महिला पत्रकार तनहुँले पत्रकार महिलाका लागि लेखन शीप विकास तालिम शुरू गरेको छ ।

महिला पत्रकाररिताको क्षेत्रमा लेखन शीप र वृद्धि विकास गर्नका लागि तालिम सञ्चालन गरिएको हो । क्रियाशील पत्रकार महिला तनहुँको अध्यक्ष अञ्जना तिमल्सेनाको अध्यक्षतामा भएको पत्रकारिता तालिमको प्रमुख अतिथिमा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने थिए ।

कार्यक्रममा वैकुष्ठ न्यौपानेले पत्रकारिता क्षेत्र चुनौतीपूर्ण रहेको सन्र्दभमा महिलाहरु नै क्रियाशील भएर पत्रकारितामा रहनु चुनौतीपुर्ण रहेको वताए । सत्य र तथ्यमा आधारित भएर समुदायलाई नै सकारात्मक बाटोतर्फ उन्मुख गराउने पत्रकारिता गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

महिला पत्रकारिताको शीप वृद्धिका लागि तालिम उपयोगी भएको हुँदा पत्रकारिताको हक हितका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

२ दिनसम्म चल्ने लेखन शीप विकास तालिममा पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, निवर्तमान अध्यक्ष डम्बर अधिकारी, पूर्वअध्यक्ष प्रदिप काफ्ले नेपाल प्रेस युनियन तनहुँका सभापति अमरराज नहर्की, रोटयाक्ट क्लव गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्ले, गोरा मियाँ लगायतले महिला पत्रकारको शीप विकास तालिम सुढृढीकरणका बारेमा चर्चा गरेका थिए ।

जिल्ला समन्वय समिति तनहुँको भवनमा सञ्चालन भएको तालिमलाई महिला अधिकारकर्मी र वरिष्ठ पत्रकारहरुले लेखन शीप विकास तालिम दिने छन् । तालिममा ४५ जना महिला पत्रकारहरु सहभागी छन् ।