
काठमाडौं, ११ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् ।
मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएपछि उनलाई पदमुक्त गरिएको बताइएको छ । आङ्बो पूर्वमाओवादी नेता हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन् ।
भोलि आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी उनीहरुको छ ।















प्रतिक्रिया