
काठमाडौं, ११ पुस । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुर र मकवानपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
ललितपुरकी ६४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ सुइरेका ६५ वर्षीय इन्द्र बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा गत मंसिर २४ गते जबरजस्ती करणी गरेको भन्ने खबर पुस १० गते प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै मकवानपुरकी २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका–१ धोबिडाँडा बस्ने ६२ वर्षीय आईतेसिंह वाईवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वाईवाले ती महिलालाई पुस ३ गते घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।















प्रतिक्रिया