
काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष एवं सचिवालय सदस्य बामदेव गौतमले आफू पार्टी एकता कायम राख्नुपर्ने पक्षमा रहेको बताएका छन् ।
शनिबार बिहान नेकपाका भूतपूर्व कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उनले आफ्नो अडान यथावत रहेको जानकारी दिँदै सो कुरा बताएका हुन् ।
गत आइतबार (पुस ५ गते) प्रधानमन्त्रीले संसद विघटन गरेपछि नेकपामा विभाजनको अवस्था सृजना भएको छ । उक्त विभाजनको साक्षी आफू नबन्ने भन्दै गौतमले हालसम्म कुनै पनि समूहको भेला तथा बैठकमा सहभागिता जनाएका छैनन् ।
तर, शनिबार बिहान एकाएक प्रचण्डनिवास खुमलटार पुगेका गौतमले आफू संसद विघटनको विपक्ष र पार्टी एकता कामय राख्ने पक्षमा रहेको स्पष्ट पारेका हुन् ।
गौतमसँग छलफलका लागि प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएका थिए । भेटमा संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको बताइएको छ ।
भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका थिए । तर जसरी भए पनि पार्टी एकतालाई कायम राख्नु पर्नेमा उनको जोड छ ।
संसद विघटनसँगै नेकपामा विभाजनको अवस्था सृजना हुँदा गौतम तटस्थ रहँदै आएका छन् ।
खुमलटारमा प्रचण्ड–नेपाल पक्षका नेताहरु पनि गौतमसँग छलफलमा सामेल भएको बताइएको छ ।
यद्यपि, गौतम पक्षका केही नेताहरु भने ओली पक्षमा लागेर मन्त्री भइसकेका छन् ।















प्रतिक्रिया