काठमाडौं, ११ पुस । काठमाडौं उपत्यकाको तापक्रम शनिबार निकै तल गएको छ । यो वर्ष जाडो सुरु भएपछिकै कम भएको मासम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
यसअघि गएको पुस तीन गते काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो । हिजो काठमाण्डौको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो ।
अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने मौसमविद्को अनुमान छ ।















प्रतिक्रिया