बर्लिन, १३ चैत । जर्मनविङ्स विमानका सहचालक मानसिक बिरामी भएको तथ्य बाहिर आएको छ ।
उनको घरमा गरिएको गहन अनुसन्धानपछि सो तथ्य पत्ता लागेको त्यहाँका समाचार माध्यमहरुले जनाएका छन् । उक्त अनुसन्धानबाट ती २७ वर्षीय सहचालकमा मानसिक बिमार भएको तथ्यहरु भेटिएको पाइएको जनाइएको छ ।
उनको लापरबाहीले नै सो विमान दुर्घटना भएको समाचार यसअघि नै आएको थियो । जर्मनविङ्सको विमान स्पेनको बार्सिलोनाबाट जर्मन जाँदै गरेको अवस्थामा फ्रान्सको एक पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो ।
उक्त पहाडमा सो विमान ठोकिँनुपर्ने त्यस्तो कुनैपनि कारण नरहेको भन्दै विमान दुर्घटनाका बारेमा अनुसन्धान भएको थियो ।
विमानको ब्ल्याक बक्स भेटिएपछि पाइएका केही तथ्यमा पनि विमानका ती सहचालकले उक्त दुर्घटना गराएको भनी केही आधारभूत तथ्यहरु बाहिर आएका थिए ।
सो अनुसन्धानबाट पाइएको तथ्यका आधारमा गरिएका अनुसन्धानका क्रममा ती सहचालक आफैपनि बिरामी रहेका यो नयाँ तथ्य भेटिएको जर्मनीको एक अनलाइन पत्रिका स्पेइगलले जनाएको छ । विमान दुर्घटनामा १५० जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा















प्रतिक्रिया