
काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट (नेकपा) बाट अलग भएका प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।
राजदूत यान्छी र अध्यक्ष नेपालबीच आज शुक्रबार शिष्टाचार भेट भएको हो । भेटका अवसरमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।
यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला उनको यो सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।















प्रतिक्रिया