३ कार्तिक २०८३, मंगलबार

मन्त्रीपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री, नयाँ मन्त्रीहरुको सपथ साँझ ७ बजे हुँदै

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम आज साँझ ७ बजेका लागि तय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सपथबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको बालुवाटार स्रोतले बताएको छ ।

स्रोतका अनुसार प्रभु साहलाई श्रम, मणि थापालाई पर्यटन, दावा लामालाई शिक्षा, गौरीशंकर चौधरीलाई खानेपानी र टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्री बनाउने तयारी छ ।

नेकपाभित्रको आन्तरिक विवादका कारण ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ मन्त्री र राज्यमन्त्रीहरु कायम छन् ।