
काठमाडौं, १० पुस । प्रतिबन्धित विप्लव समूहका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।
काठमाण्डौ उपत्यका लगायतका विभिन्न स्थानमा बस्ने ब्यापारी व्यवसायीहरुलाई फोन गरी धाकधम्कि दिई चन्दा आतंक मच्चाउने उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेमा सो समूहका दोलखाको तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय पूर्णबहादुर श्रेष्ठ, दोलखाकै भीमेश्वर नगरपालिका–४ का ३५ वर्षीय सरोज प्रासद न्यौपाने र खोखलढुंगाको रानीवन–७ का ४१ वर्षीय नारबहादुर तोलाङ्गी छन् ।
विप्लव समूहको अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ काठमाण्डौ जिल्ला समितिका अध्यक्ष, काठमाडौं जिल्ला सदस्य र गणतात्त्रिक सम्पर्क मञ्च समन्वय समितिको केन्द्रीय सदस्य हुँ भनी चन्दा माग गर्ने र भौतिक कारवाही समेत गर्ने भनी व्यवसायिहरुको कार्यालय तथा घरहरुमा गई जबरजस्ती रकम माग गरेको भन्ने सूचनाको अधारमा श्रेष्ठ र तोलाङ्गीलाई काठमाडौंबाट पक्राउ गरिएको बतायएको छ ।















प्रतिक्रिया