
काठमाडौं, १० पुस । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिका–३१, शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा आफ्नो विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) सञ्चालनमा ल्याएको छ ।
शुक्रबार बैंकका अध्यक्ष सुदीप आचार्य तथा क्याम्पसका प्राडा घमानसिंह खड्काले संयुक्त रुपमा विस्तारित शाखाको समुद्घाटन गरे ।
एक्सटेन्सन काउन्टर सञ्चालनमा आएसँगै अब उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारित शाखाबाट नै भुक्तानी गर्न सक्ने छन् । साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि सो एक्सटेन्सन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्ने बैंकले बताएको छ ।
सार्वजनिक बिदाबाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान ७ः ३० बजे देखि दिउँसो ३ बजे सम्म कारोबार गर्न सक्ने छन् ।















प्रतिक्रिया