३ कार्तिक २०८३, मंगलबार

जबरजस्ती करणी उद्योग अभियोगमा दुई जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १० पुस । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारबर्दिया नगरपालिका–२ लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् । ती बालिकालाई बारबर्दिया नगरपालिका–१ जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरुले जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।