३ कार्तिक २०८३, मंगलबार

मन्त्रिपरिषदको बैठक बस्दै, नयाँ मन्त्री पनि आजै थप्ने तयारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुर्नगठन गर्ने विषयमा निकट नेताहरुसंग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले आजै ६ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले ८ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना छ । २५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु मात्रै छन् ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र बिना मगरले राजीनामा दिएका थिए ।