
काठमाडौं, १० पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा पुगेर २९५ जना केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर बुझाएको छ ।
आफूहरु आधिकारिक नेकपा भएको दाबी गर्दै शुक्रबार निर्वाच आयोग पुगेको सो समूहका शीर्ष नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई उक्त हस्ताक्षरको प्रतिलिपि बुझाएका हुन् ।
‘पार्टीको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएकामध्ये माइन्युटमा हस्ताक्षर गर्ने २९५ जनाको आधिकारिक प्रतिलिपि बुझाएका छौं’, नेता नारायणकाजी श्रेष्ठले भने, ‘जवाफमा प्रमुख निर्वाचन आयुक्तले राजनीतिक दलसम्बन्धी ऐन तथा कानुन हेरेर चाँडै नै निर्णय दिने आश्वासन दिनुभएको छ ।’
यसैबीच दाहाल–नेपाल समूहले आज शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेर आफ्ना धारणाहरु राख्ने पनि जानकारी दिएको छ ।















प्रतिक्रिया