३ कार्तिक २०८३, मंगलबार

माईतीघर सडकमा धर्ना दिएर निर्वाचन आयोगतिर लागे प्रचण्ड–नेपाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस। प्रतिनिधि सभा विघटनविरुद्ध सरकारको बिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत सडकमा धर्ना दिएर निर्वाचन आयोग गएका छन्।

नेकपाका अन्य नेता तथा कार्यकर्ता ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित शुक्रबार सडक प्रदर्शनमा उत्रिएका थिए।

संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका उनीहरूको यो पूर्वघोषित कार्यक्रम हो। बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको थियो । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।