
काठमाडौं, १० पुस । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को नतिजा केही दिनभित्रै सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।
होम सेन्टरबाटै परीक्षा सञ्चालन गरेको बोर्डमा अधिंकाश विद्यालयले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा१२) को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ अनुसार विवरण पठाइसकेको बताइएको छ ।
विवरण आएका विद्यालयको धमाधम डाटा रुजु, इन्ट्रिलगायतका काम भइरहेको र विवरण पठाउन बाँकी रहेका विद्यालयलाई तत्काल विवरण पठाउन ताकेता गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए ।
कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि स्थगित रहेको सो परीक्षा बोर्डले गत मंसिर ९ गतेदेखि १६ गते सम्म सञ्चालन गरेको थियो ।
नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० जना विद्यार्थी सम्मिलित थिए । सो परीक्षामा देशभरिका ४ हजार १०५ विद्यालयलाई नै परीक्षा केन्द्र (होम सेन्टर) तोकिएको थियो ।















प्रतिक्रिया