
काठमाडौं, ९ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबार पुनः बस्ने भएको छ ।
शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बैठक बस्ने कांग्रेसले बताएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।
बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।
उक्त कदमका विरुद्धमा पुस १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।















प्रतिक्रिया