
काठमाडौं, ९ पुस । कोरियन भाषा परीक्षा (इपीएस) परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई पास गराईदिने एक जना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको खाँडदेवी गाउँपालिका–८ का २८ वर्षीय रोजबहादुर तामाङ छन् । उनलाई आज बिहीबार भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार तामाङले इपीएसका परीक्षार्थीहरुलाई प्रलोभनमा पारेर ५ लाख रुपैयाँसम्म लिएर आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिई परीक्षा पास गराउने गरेका थिए ।
उनले यस्तो काम वर्षौंदेखि गर्दै आएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया