
काठमाडौं, ९ पुस । प्रचण्ड–माधव समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अझै पनि कम्युनिष्ट एकताको पक्षमा रहेको बताएका छन् ।
आफू सबैलाई मिलाएर एकताबद्ध बनाउने पक्षमै रहेकाले अझै पनि एकीकृत भएर अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरेका छन् । बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै नेता प्रचण्डले संसद् असंवैधानिक रूपले विघटन गरिएको दाबी समेत गरेका छन् ।
अहिलेसम्मको उपलब्धि गुमाउने षड्यन्त्रको रूपमा संसद् विघटनको घोषणा भएको भन्दै उनले त्यो षड्यन्त्र पूरा हुन नदिने दाबी समेत गरेका छन् ।
यसअघिको नेकपाको बैठकले मदननगरलाई विश्व कम्युनिस्ट आन्दोलनको अध्यनस्थल बनाउने निर्णयसहित नयाँ भवन बनाउने भनेको थियो । त्यही निर्णयअनुसार मदननगरमा नयाँ भवन बनाउने घोषणा गर्दै नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत मदननगर बल्खु पुगेका हुन् ।
प्रचण्ड–माधव समूहले संसद विघटन असंवैधानिक भएको बताउँदै आए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दी गरेर वर्तमान अवस्थाको सृजना गराएको नेकपाको आरोप छ ।
जनताको काममा केन्द्रित हुनाको सट्टा केवल सत्ता र पदका लागि सधैं अस्थिरता निम्त्याइरहने खेल शुरु भएकाले बाँकी समय खेर नmाल्नका लागि आफू वर्तमान कदम चाल्न बाध्य भएको प्रधानमन्त्री ओलीले बताउँदै आएका छन् ।















प्रतिक्रिया