३ कार्तिक २०८३, मंगलबार

संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षद्वारा आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रम

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

बिहीबार बबरमहलमा बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

यस्ता छन् आन्दोलनका कार्यक्रम–

-पुस १० गते बिहान साढे ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोगमा पार्टीको केन्द्रीय कमिटीका सदस्य र पार्टीको तर्फबाट सांसदमा रहेका सांसदको उपस्थितिमा विशेष कार्यक्रम,

-पुस १० गते राजधानीमा पार्टी अध्यक्षको तर्फबाट पत्रकार सम्मेलन हुने। २ बजे पत्रकार सम्मेलन हुनेछ। स्थान भने तय भएको छैन, 

-पुस ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने। सात दिनभित्र प्रदेश कमिटीको बैठक गर्ने,

-पुस १२ गते ७७ जिल्ला स्तरीय कार्यकर्ता भेला हुने। उक्त भेलामा एकीकृत पार्टीलाई कसरी अगाडि बढाउने र एकताविरुद्धका भ्रमलाई कसरी चिर्ने र प्रतिगामी कदमविरुद्ध कसरी संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम,

-पुस १४ गते राजधानी र जिल्ला-जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध कार्यक्रम,

-पुस २० गतेसम्म नगरपालिका र गाउँपालिकामा बैठक,

-पुस २५ गतेसम्म वडा स्तरमा कार्यक्रम,

-पुस १४ सम्ममा जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र  भेला,

-राजधानीमा यो बीचमा पनि विभिन्न स्थानीय कार्यक्रम हुने, 

-संघर्षको कार्यक्रमलाई व्यवस्थित ढंगले परिचालन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्य रहेको केन्द्रीय समिति बनेको छ। केन्द्रीय समितिको सचिवालय समेत बनेको छ, 

-प्रदेश सम्बन्धी स्थायी कमिटी सदस्यलाई तत्काल पार्टीका संघर्षको कार्यक्रममा जुटेर आआफ्नो क्षेत्रमा जान निर्देशन, 

-केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको जिम्मेवारीका विषयमा स्थायी कमिटीले नै आवश्यक निर्णय लिनसक्ने अधिकार दिइएको छ ।