३ कार्तिक २०८३, मंगलबार

५५१० जनाको नमूना परीक्षण गर्दा ६१३ जनामा कोरोना संक्रमण पुष्टि, ७३९ जना डिस्चार्ज

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६१३ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ५ हजार ५१० जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५६ हजार ५९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ४७ हजार ४०० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ९६ हजार २५० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ७ हजार ३८४ जना आइसोलेसन र ४०० जना क्वारेन्टिनमा छन् ।