
धनुषा, ९ पुस । जनकपुर उपमहानगरपालिका २ शिवचोकमा एक डिपार्टमेन्ट स्टोरमा आगलागी हुँदा साढे २ करोड बराबरको क्षति भएको छ ।
उपमहानगरपालिका ४ बस्ने हरिकान्त मिश्रको मिथिला डिपार्टमेन्ट स्टोरमा बिहीबार बिहान आगलागी भएको हो । आगलागीबाट कस्मेटिक, ईलेक्ट्रोनिक, किराना सामान र तयारी कपडा समेत जलेर करिब २ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमकल र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया