
काठमाडौँ, ९ पुस । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड राख्ने भएका छन् ।
शुक्रबार दिउँसो १ बजे क्रिसमसको अवसरमा बालाजुस्थित अष्टनारायण चलचित्रहलमा विशेष कार्यक्रममार्फत मानन्धरले विश्व रेकर्ड राख्ने भएका हुन् ।
राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् ।
कार्यक्रम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने मानन्धरले जानकारी दिए । उनले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लागेका हुन् । उनले करिब ४ घण्टासम्म गीत गाउनेछन् ।
लाइभ कन्सर्टमा उनले पुराना नेवारी भाषाका गीतहरु गाउने बताएका छन् । नेपाललाई चिनाउने भावनाले रेकर्ड राख्न लागिएको उनले बताए ।















प्रतिक्रिया