
काठमाडौँ, ९ पुस । झारफुक गर्ने बहानामा ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शंखरापुर नगरपालिका ६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ हैबुङ बस्ने ४६ वर्षीय भिम बहादुर सुनारलाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भिमले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया