न्युयोर्क, ९ पुस । बाहिरिने क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ७४० अर्ब डलर बराबरको रक्षा खर्च विधेयक रोकिदिएका छन् । यसै महिना अमेरिकी कङ्ग्रेसले उक्त विधेयक पारित गरेको थियो ।
अफगानिस्तान तथा युरोपबाट अमेरिकी फौज फिर्ता लग्ने र सैनिक अखडाहरूबाट अमेरिकी गृहयुद्धकालीन सैनिक जनरलहरूको नाम हटाउने व्यवस्थाको ट्रम्पले विरोध गर्दै आएको बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालहरूलाई प्राप्त जवाफदेहितासम्बन्धी बचाउ गर्ने अधिकार पनि ट्रम्पले हटाउन चाहेका छन् । सांसदहरूले बहुमतले ती विषयलाई अनुमोदन गरेका थिए र विधेयक रोक्ने राष्ट्रपतिको कदमलाई खारेज गर्न सक्छन् ।
कङ्ग्रेसले पारित गरेका विधेयकहरू कानुन बन्न राष्ट्रपतिले त्यसमा हस्ताक्षर गर्नुपर्छ । नीतिगत असहमति हुँदा विरल अवस्थामा राष्ट्रपतिले विधेयकलाई रोक्न आफ्नो विशेषाधिकार प्रयोग गर्न पाउँछन् ।
सांसदहरूले राष्ट्रपतिको विशेषाधिकारलाई खारेज गर्न सक्छन् र संसद्को दुवै सदनमा दुई तिहाइ बहुमत पुर्याएर विधेयकलाई कानुनी रूप दिलाउन सक्छन् ।
कङ्ग्रेसले यो मामिलामा ट्रम्पको विशेषाधिकारलाई खारेज गरेन भने ६० वर्षयता पहिलो पटक न्याश्नल डिफेन्स अथोराइजेशन एक्ट (एनडीएए) कानून बन्न पाउने छैन । पैँतालीस सय पृष्ठ लामो एनडीएएलाई ट्रम्पले चीन र रुसका लागि उपहार भएको आरोप लगाएका छन् ।
ूदुर्भाग्यवश, गम्भीर राष्ट्रिय सुरक्षाका कदम समेट्न विधेयक विफल रहेको छ, लामो समय सेवा गरेका हाम्रा सैनिकको सम्मान गर्न तथा सैनिकहरूको इतिहासलाई नसमेट्ने प्रावधान त्यसमा छन् र राष्ट्रिय सुरक्षा तथा विदेश नीतिको मामिलामा अमेरिकालाई प्राथमिकतामा राख्ने मेरो प्रशासनको नीतिसँग मेल खाने खालको छैन,ू ट्रम्पले एउटा वक्तव्यमा भनेका छन् ।
स्वदेश फर्काउने अमेरिकी फौजको सङ्ख्या सीमित तुल्याउने विधेयकको व्यवस्थालाई पनि उनले असंवैधानिक भनेका छन् ।
आगामी ज्यानुअरी २० तारिख ट्रम्पको कार्यकाल सकिँदैछ। उनलाई राष्ट्रपति निर्वाचित जो बाइडनले विस्थापित गर्नेछन् ।















प्रतिक्रिया