
सुनसरी, ८ पुस । कोशी गाउँपालिका ३ बस्ने ८० वर्षीय गंगाई दास मुखियाको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सुनसरी कोशी गाउँपालिका ३ बस्ने ५५ वर्षीय उदिचन्द मुखिया र सोही ठाउँ बस्ने ६० वर्षीय कृपा मल्लाहलाई वुधबार बिहान पक्राउ गरेको हो ।
उनीहरु समेतका मानिसहरुले गंगाई दासको सोही ठाउँस्थित अवैध कपडा ओसारपसार गर्ने क्रममा बाटोमा कुटपिट गरी हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले गंगाई दासको शव सोही ठाउँस्थित शम्भु मुखियाको घरमा फेला पारेको थियो ।
पक्राउ अभियुक्तहरुलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।















प्रतिक्रिया