१० कार्तिक २०८३, मंगलबार

२ थाप कटुवा पेस्तोलसहित २ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुनसरी, ८ पुस । सुनसरी कोशी गाउँपालिका ८ भाण्टावारी चोक नजिकबाट २ थान कटुवा पेस्तोल, ५ राउन्ड गोली सहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी कोशी गाँउपालिका ८ बस्ने ३५ वर्षीय मो.मुक्तार मिया र सोही ठाउँ बस्ने २७ वर्षीय सद्दाम मिया रहेका छन् ।

केही युवाहरुले भारतबाट हातहतियार तथा खरखजना ल्याई नेपालमा बिक्री वितरण गर्दै छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को. ३६ प २३९० र बिआर ५०सि ०२४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सद्दाम मियाले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ