
काठमाडौँ, ८ पुस । युवतीको प्रयोग गरी डकैती गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ६ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल लुटी फरार हाल काठमाडौँको स्युचाटार बस्ने दोलखाका सागर भन्ने लालबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
गत साउन ८ गते जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं २ बस्ने भोला बहादुर जर्घामगरलाई रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा एक युवतीले लिफ्ट मागेपछि लिफ्ट दिई कंलकी जाने क्रममा युवतीले चोभार सम्म पुर्याउन अनुरोध गरेकी थिइन् ।
युवतीको अनुरोध स्वीकार गरी चोभारमा पुर्याउदा त्यहाँ पहिले देखि नै बसेका अपरिचित व्यक्तिहरुले रडको प्रयोग गरी नियन्त्रणमा लिएर लुटेका थिए । उनको साथमा भएको ६ तोला सुनको सिक्री १ थान, मोवाईल २ थान, रेबन चस्मा १ थान र नगद ७ हजार रुपैयाँ समेत लुटेका थिए ।
महाशाखाको अनुसन्धानबाट सो घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको हो ।
अन्य व्यक्तिहरुसहित युवतीको समेत प्रयोग गरि विभिन्न मानिसहरुलाई लुटपाट गरेको भन्ने सूचनाका आधारमा महाशाखाले अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया