
काठमाडौँ, ८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ९ सय ५२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ जना रहेको छ ।
२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ३ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया