३० आश्विन २०८३, शुक्रबार

सञ्चारकर्मी अब मोडलिङमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakash daiरुपन्देही । रुपन्देहीको बुटवलमा रहेर बिभिन्न सञ्चारमाध्यममा सञ्चारकर्मीका रुपमा आफुलाई स्थापित बनाएका आकाश पन्थलाई अब म्युजिक भिडियोमा देख्न पाइने भएको छ ।

मोफसलमा रहेर केही चलचित्र तथा थुप्रै म्युजिक भिडियो उत्पादक गरिसकेको अविरल फिलिम्स प्रालि को व्यानरमा भर्खरै छायांकन सकिएको खाएको कसम फिर्ता लिन मिल्छ र ? नामक म्युजिक भिडियोमा उनलाई देख्न पाइने भएको हो ।

उक्त म्युजिक भिडियोको छायाँकन सकी बजारमा ल्याउने तयारी भैरहेको छ । कृष्ण काफलेको आवाजमा रहेको उक्त म्युजिक भिडियो कपिलवस्तुको ४ नंम्बर लगायतका रमणीय स्थानमा छायांकन गरिएको हो ।

यस भिडियोमा सञ्चारकर्मी तथा गितकार आकाश पन्थको साथमा सागर खनाल र ममता ढकालको अभिनय देख्न सकिनेछ । आफनो डेव्यु भिडियो रहेकाले पनि आफुले निकै मेहनतका साथ काम गरेको पन्थले बताए ।

दिपेश डिसीको छायांकन, विष्णु भटराईको निर्देशन तथा सम्पादन रहेको यस भिडियो केहि नयाँपनको रहेको निर्देशक भटराईले बताए ।  मोफसलका नयाँ कलाकारहरुलाई अवसर दिइरहने अविरल फिल्मस प्रालिले यसअघिपनि थुप्रै म्युजिक भिडियो बजारमा ल्याइसकेको छ ।

अविरल फिल्मस प्रालिका प्रबन्धक विष्णु भटराई मोफसलमा पनि राम्रा म्युजिक भिडियो निर्माण गर्न सफल भएको बताउँछन् ।