
काठमाडौँ, ८ पुस । सर्वोच्च अदालतमा परेका प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटकोे सुनुवाई संवैधानिक इजलासमा पठाइने भएको छ ।
वुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै प्रारम्भिक सुनुवाई मात्रै गरेको थियो । राणाको इजलासले मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो ।
वुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।
संविधानसँग जोडिएको विषय र वैधानिक विषय भएकाले राणाले संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।















प्रतिक्रिया