१० कार्तिक २०८३, मंगलबार

कालीगण्डकी करिडोरमा ट्रक पहराबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ पुस । पूर्वी नवलपरासीको कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका ३ स्थित करिडोरको भोक्रोफाँटमा भिरबाट ना ३ ख ५३३९ नम्बरको ट्रक खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक खस्दा ३ जना पुरुषको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा पहराबाट करिब एक सय मिटर तल खसेको थियो । कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो ।