१० कार्तिक २०८३, मंगलबार

जसपाद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटन विरुद्धमा संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार बसेको जसपाको बैठकले तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रमबारे एक विज्ञप्ति जारी गर्दै पुस १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौँमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको उल्लेख छ ।