३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्नु दृष्टिदोष हो : नेकपा प्रवक्ता ज्ञवाली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्नु दृष्टिदोष भएको बताएका छन् ।

सरकारलाई काम गर्नै नदिई सत्तामा पुग्ने छिद्र खोजेर प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेपछि ताजा जनमत लिने निर्णयमा जानु कुनै पनि दृष्टिकोणबाट असंवैधानिक र अलोकतान्त्रिक नहुने उने बताएका छन् ।

ओली संसदीय दलको ६४ प्रतिशत मतका साथ प्रधानमन्त्री भएको र अहिले कठिन हुँदा जनतामा जान्छु भन्नु स्वाभाविक भएको ज्ञवालीको तर्क छ ।

आजै बजेको नेकपा केन्द्रीय कमिटी बैठकले ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको हो ।