१० कार्तिक २०८३, मंगलबार

स्रोत नखुलेको १३ लाख रुपैयाँसहित पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ७ पुस । काठमाडौँ महानगरपालिका २२ न्यूरोडबाट स्रोत नखुलेको १३ लाख ५ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ बस्ने २५ वर्षीय बिर्ज तामाङ रहेका छन् । उनलाई सोमबार विहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बिर्जलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।