
काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेका छन् ।
अहिले दिउँसो १ बजे बस्ने प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेता नेपाललाई केपी शर्मा ओलीको स्थामा अध्यक्ष बनाउने तयारी गरेको बुझिएको छ ।
दिउँसो बस्ने बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको बताइएको छ ।
यसैबीच पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा आउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले आग्रह गरेका छन् ।
मंगलबार बिहान भैंसेपाटीस्थि गौतमको निवासमा पुगेर नेताहरू माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले आज दिउँसो बस्ने आफूहरुको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उनलाई आग्रह गरेका छन् ।
तर गौतमले भने पार्टी फुटको साक्षी बस्न कुनै बैठक वा भेलामा नजाने अडान लिएका छन् ।















प्रतिक्रिया