
काठमाडौं, ७ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनको प्रतिक्रिया छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताएका छन् । बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि उक्त खोप लगाएकी छिन् ।
यस्तै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारीमा छन् ।
अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका बीबीसीले उल्लेख गरेको छ ।















प्रतिक्रिया