१० कार्तिक २०८३, मंगलबार

राष्ट्रिय जनमोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीले केपी शर्माल ओली नेतृत्वको सरकारको संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम भएको जनाउँदै समर्थन फिर्ता लिएको पार्टीको केन्द्रीय कार्यालय बैठकले जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमको तिव्र विरोध र भर्त्सर्ना गरेका छन् । साथै ओली नेतृत्वको सकारलाई दिएको समर्थन समेत उक्त पार्टीले फिर्ता लिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘ हामीले ओली नेतृत्वको सरकारलाई विगतमा त्यसले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ । तर त्यसको प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल स्थितिमाथि विचार गरेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ ।’