२९ आश्विन २०८३, बिहिबार

विश्वकपमा भारत पराजित भएपछि क्रिकेट फ्यानले आत्महत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Australia-India-Cricketकाठमाडौं, १३ चैत । क्रिकेट भारतको सबथोक हो भन्ने कुरा अहिले भइरहेका घटनाबाट पुष्टि हुन्छ । विश्वकप क्रिकेट २०१५ अन्तर्गतको सेमिफाइनल खेलमा भारत पराजित भएपछि देशैभरी रुवाबासीका साथै प्राण त्याग गर्नेहरु पनि बढेका छन् ।

विहीबार भएको खेलमा भारत अष्ट्रेलियासँग ९५ रनले पराजित भएपछि भारत शोकमा डुबेको छ । भारतमा ५ जनाले खेलमा भएको हार स्वीकार गर्न नसकेर प्राण त्याग गरेका छन् ।

भारतको नसीरपुर गाउँका १६ वर्षीय युवक मोहित पाण्डेले भारतको हार स्वीकार गर्न नसकेर झुण्डिएर आत्महत्या गरेका छन् । खेल हेरिरहेका उनी अन्तिम समयमा भारतका कप्तान महेन्द्रसिंह ध्वनी आउट भएपछि उनले घरको आँगनमा झुण्डिर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

during the 2015 Cricket World Cup Semi Final match between Australia and India at Sydney Cricket Ground on March 26, 2015 in Sydney, Australia.खबर अनुसार केही युवाहरुले आत्महत्याको प्रयास गरेका छन् । तर उनलाई अस्पताल रिफर गरिएको छ । सेमिफाइनल खेलको अन्तिममा कप्तान ध्वनी आउट भएपछि ६० वर्षीय वृद्धा मोहम्द अलीको हर्टअट्याक भएर मृत्यु भएको छ ।

उनी क्रिकेटका क्रेजी फ्यान थिए । मुम्बई प्रहरीका अनुसार २० भन्दा बढी व्यक्तीले आत्महत्या प्रयास गरेका थिए । विहीबार भएको खेलमा भारत अष्ट्रेलियासँग ९५ रनले पराजित भएपछि फाइनलमा पुग्नबाट चुकेको थियो ।