२ कार्तिक २०८३, सोमबार

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघ्यो, ८ हजार ९४४ जनाको अवस्था गम्भीर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ ।

साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएको पछिल्लो संख्यासँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ५६ हजार २४८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ५ हजार ३९० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ८४३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ३३० जनाको मृत्यु भएको छ ।

यस्तै हालसम्म ९६ लाख ५ हजार ३९० जना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ लाख ५ हजार १५ जना सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।