१० कार्तिक २०८३, मंगलबार

सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा अंगका प्रमुखहरुलाई आगामी निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरुलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि निर्वाचनका लागि मिति घोषणा गरेकी छन् ।

ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन तय भएको छ ।

बैठकमा प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश उपस्थित थिए ।