
काठमाडौँ, ५ पुस । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरूको भेला आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार बिहान ९ बजे नेताहरूको भेला बोलाएका हुन् ।
एक नेताका अनुसार सोमबारको भेलामा आफू पक्षका नेताहरुको भेला हुनेछ । भेलामा आगामी कदम तथा पछिल्लो घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभा विघटनपछि आइतबार बसेका नेकपाको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ । समितिले ७ गतेको बैठकमा कारवाहीको प्रस्ताव पेश गर्ने भएको हो ।
प्रधानमन्त्री ओलीले आफूइतरका नेताहरुको छलफलले गरेको निर्णयबारे रणनीति बनाउन छलफल गर्न लागेका बताइएको छ ।















प्रतिक्रिया