१० कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीको कदम गलत छ: उपाध्यक्ष गौतम

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको कदम गलत भएको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कदम ‘गैरसंवैधानिक कदम र भत्सर्नायोग्य’ हो भनेका छन् । उनले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदै संविधानको मर्म र भावनाविपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई लगाउनु गलत भएको बताएका हुन् ।

गौतमले जारी गरेको विज्ञप्तिमा यस कदमले अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त गर्ने भनिएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संसद विघटन गरेर प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।