
काठमाडौँ, ५ पुस । सरकारले संवैधानिक निकायहरुको पदमा नियुक्तिका लागि गरिएका सिफारिस संसदमा दर्ता गराएको छ ।
रिक्त ४५ पदहरुमा नियुक्तिका अगाडीकै मिति राखेर संसदमा दर्ता गरिएको जनाइएको छ ।
उक्त पत्र प्रधानमन्त्री कार्यालयका सचिवले दर्ता गराएका हुन् ।
पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त पदमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन । संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने प्रावधान छ ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेशका आधारमा परिषदका ३ जना सदस्य उपस्थित भएर २ जनाले सिफारिस गरेको खण्डमा पनि नियुक्ति हुन सक्ने प्रावधान छ । अध्यादेशको फिर्ता लिने सहमति भएपनि हालसम्म फिर्ता भएको छैन ।















प्रतिक्रिया