
काठमाडौं, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिस गरेसँगै विकसित राजनीतिक घटनाक्रमहरुबारे छलफल गर्न उक्त बैठक आह्वान गरिएको राप्रपाले बताएको छ ।
संसद विघटनसम्वन्धी मन्त्रिपरिषद्को निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न आकसिम्क बैठक बोलाइएको राप्रपा अध्यक्ष कमल थापाले जानकारी दिए ।
उनका अनुसार उक्त बैठक आज दिउँसो ३ बजे बस्दै छ ।
प्रधानमन्त्रीको कदमबारे उनले अहिले कुनै टिप्पणी नगरेको बताएका छन् । यसबारे बैठकले आधिकारिक धारणा निर्माण गर्ने अध्यक्ष थापाको भनाइ छ ।















प्रतिक्रिया